एचआईभी परीक्षण सेवा निःशुल्क

एचआईभी परीक्षण सेवा निःशुल्क


बारा जिल्लामा ११ जना एचआईभी संक्रमणरूले नियमित औषधी सेवन गर्ने गरेका छन् भने १ सय १ वटा स्वास्थ्य संस्थाबाट निःशुल्क एचआईभी परीक्षण सेवा सुरु भएको छ । नेपाल सरकारको निर्णयअनुसार गत साउन महिनाबाट जिल्लाभरिका सरकारी स्वास्थ्य संस्थाबाट एचआईभी परीक्षण सेवा सुरु गरिएको हो ।

पाँच वर्षअघिबाट जिल्ला अस्पतालमा मात्रै रहेको सेवा गत वर्षबाट जिल्लाका १६ स्थानमा केन्द्रित गरिएको हो । सेवा शुरु गर्नुपूर्व कलैयास्थित जिल्ला सरकारी अस्पतालसहित १६ स्थानीय तह मातहतका १ सय १ स्वास्थ्य संस्थामा कार्यरत ५ सय ४२ जना स्वास्थ्यकर्मीहरूले एच.आई.भी.परीक्षणको कार्यमा लागेको क्षयरोग तथा एचआईभी नियन्त्रण फाँट प्रमुख रामविनेही यादवले जानकारी दिनुभयो ।

विशेषगरी फिल्डमा भेटिएका गर्भवती, क्षयरोगी र एचआईभी शंका लागेकाहरूको परीक्षण अनिवार्य गरिने यादवले बताउनुभयो । स्वास्थ्यकर्मी यादवका अनुसार जिल्लाका एचआईभी संक्रमणविरुद्धको औषधी खाने ११ जनालाई स्वास्थ्यकर्मीको रेखदेखमा नियमित सेवन गराउने गरेको बताउनुभयो ।

– प्रणय साह