गोलधाप गाविस खुला दिशामुक्त

गोलधाप गाविस खुला दिशामुक्त


झापा हल्दिवारी गाउँपालिका–१ साविक गोलधाप गाविसलाई बुधबार आयोजित एक कार्यक्रमका बीच खुल्ला दिसामुक्त घोषणा गरिएको छ । सरसफाई जिल्लााबासीको पहिचान र इज्जतको सवाल भएको जिल्ला समन्वय समिति झापाकी उपप्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि मिना पराजुलीले बताउँदै तोकिएको समयमा झापालाई खुल्ला दिसामुक्त बनाउन सबैले जुट्नुपर्ने धारणा राख्नुभयो ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले हल्दिवारीलाई चाँडै पूर्ण खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता जनाउनु भयो । हल्दिवारी गाउँपालिका अन्तरगत साविक जलथल यसअघि नै खुल्ला दिसामुक्त घोषणा भइसकेको छ ।

गोलघापस्थित जनजागृती माविमा आयोजित विशेष कार्यक्रमकाबीच गोलघापलाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । गोलघापमा १ हजार ७५४ घर रहेको वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो ।

खानेपानी तथा सरसफाई समिति वडा संयोजक समेत रहेका सापकोटाले प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न चुनौतिहरुका बावजुद गोलघापलाई खुल्ला दिसामुक्त घोषणा गर्न सफल भएको धारणा राख्नु भएको थियो ।

गोलघापमा सहारा नेपाल ग्लोबल सरसफाई कार्यक्रम र जिल्ला खानेपानी तथा सरसफाई कार्यालयको अगुुवाईमा खुल्ला दिसामुक्त कार्यक्रम अभियान सञ्चालन गरिएको थियो । राम दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत नारायणप्रसाद खतिवडाले गर्नुभएको थियो ।

यसैबीच अर्जुनधारा नगरपालिका–९ कालिकापीठमा आयोजित १४ बार्षिक अनुष्ठानको आय–व्यय सार्वजनिक गरिएको छ । १४ औं बार्षिक उत्सवका अवसरमा पीठमा सञ्चालित श्रीमद् भागवत महापुराणबाट कुल ३ लाख १ हजार ८८ रुपैयाँ आम्दानी तथा २ लाख २५ हजार ८५ रुपैयाँ खर्च भइ ७६ हजार ३ रुपैयाँ बचत भएको आय–व्यय प्रतिवेदन अनुष्ठान आयोजक मुल समितिका संयोजक डिल्लीराम दाहालले प्रस्तुत गर्नुभएको पीठका सचिव भोला पोखरेलले जानकारी दिनुभयो ।

पीठमा १४ बार्षिक अनुष्ठानका रुपमा गत मंसिर ९ गतेदेखि १७ गतेसम्म सप्ताहब्यापी श्रीमद् भागवत महापुराण सञ्चालन भएको थियो । कालिकापीठ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेलेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

– रेजिना गौतम