डैकैती गर्न हिँडेको समूह प्रहरी नियन्त्रणमा

डैकैती गर्न हिँडेको समूह प्रहरी नियन्त्रणमा


वीरगञ्ज । डकैती गर्ने योजनाका साथ हिँडेको एउटा समूहलाई बारा प्रहरीले हतियारसहित बाराको कोल्हवी नगरपालिका क्षेत्रबाट पक्राउ परेको छन् । मंगलबार साँझ पक्राउ परेका ६ जनाको समूहलाई जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत सितामणीका ३१ वर्षीय पप्पु सहनी, सोही ठाउँका २८ वर्षीय दिनेश दास, भारत सितामणीकै ३० वर्षीय सञ्जय साह, सर्लाही मलंगवा नगरपालिका २ का २९ वर्षीय दिनेशकुमार साह सोनार, सर्लाही किसनपुर गाउँपालिका २ का ५० वर्षीय रामसेवक महरा र सर्लाही इश्वरपुर नगरपालिका ९ बस्ने ४२ वर्षीय जगत महरा रहेका छन् ।

तीन थान कटुवा पेस्तोल, त्यसमा लाग्ने ७ राउण्ड गोली र एउटा धारिलो छुरा साथबाट प्रहरीले पक्राउ गरेको हुन् । बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवारले केही दिन पहिलेनै बाराको कोल्हवी नगरपालिका क्षेत्रमा डकैतीको योजना बनाएर मंगलबार बाराको तामागढीबाट टेम्पो चढेर उनिहरू कोल्हवीतर्फ जाँदै गर्दा कोल्हवी नगरपालिका २ भलुवाहीखोरबाट पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ परेका अभियुक्त सार्वजनीक गर्दै बाराका प्रहरी नायब उपरिक्षक भुवनेस्वर साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा उनिहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक वैदवारले बताउनुभयो ।
– प्रणय साह