प्रदेश नं ३ को राजधानीका लागि सम्भाव्य ठानिएको भक्तपुरमा आज भौतिक संरचना र सडकको अनुमगन गरिएको छ ।
भक्तपुरका नवनिर्वाचित सांसददेखि नेकपा एमाले र नेपाली काँग्रेस, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नगरपालिकालगायतले अनुगमन सुरु गरेका हुन् ।
भक्तपुरको सानोठिमी क्षेत्र र कृषि विकास तालिम केन्द्र जाने सडकको अनुगमन गरिएको सांसद महेश बस्नेतले जानकारी दिए ।
टोलीले राधेराधेदेखि गार्मेन्ट फ्याक्ट्री हुँदै थिमि खड्का गाउँबाट कृषि विकास बैंकको तालिम केन्द्र जाने सडक, मध्यपुर अस्पतालदेखि कमेरोटार जग्गा एकीकरण आयोजना हुँदै थिमिको मध्यपुरथिमि वप्पा सडक, मध्यपुरथिमि र दधिकोट जाने नयाँ पुल, तर्खगाल सडक, सृजना नगर कटुञ्जे सडक, बालकोट, सिरुटार बिरुवा सडक, जोरपाटी चित्तपोल नाला सडक अनुगमन गरेको हो ।
राससका अनुसार प्रदेशको राजधानी स्थापनाका लागि प्राविधिक टोलीले भौतिक पूर्वाधारको अध्ययन गरी प्रतिवेदन समेत बुझाएको छ ।
प्राविधिक टोलीले शिक्षा विभाग र तालिम केन्द्रमा तत्कालै मुख्यमन्त्री, मन्त्रालय र सचिवालय, प्रदेशसभा स्थल स्थापना गर्न सकिने जनाएको छ ।
प्रतिक्रिया