जुवा घरबाट बीस जुवाडे पक्राउ

जुवा घरबाट बीस जुवाडे पक्राउ


प्रहरीले त्रियुगा नगरपालिका–६ स्थित जलजले बजारको दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा २० जना जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिनपा–६ जलजले स्थित प्रेमबहादुर मगरको घरमा तास खेल्दै गरेको अवस्थामा रु ४७ हजार ४०० सहित सात र पुल्कित चौधरीको घरबाट रु १५ हजार तीनसयसहित १३ जना जुवाडे पक्राउ परेका हुन् ।

राससका अनुसार त्रिनपा–६ जलजलेमा जुवाको खेला हुँदैछ भन्ने सूचनाका आधारमा गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको र उनीहरुलाई जुवा ऐनअनुसार कारबाही गरिने प्रहरी निरीक्षक देवीप्रसाद फागोले बताए ।