सवारीसाधनको ठक्करबाट एकको मृत्यु

सवारीसाधनको ठक्करबाट एकको मृत्यु


पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा सवारीसाधनको ठक्करबाट बुधबार एक पुरुषको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडी नम्बरसमेत नखुलेको सवारीसाधनको ठक्करबाट मागी खाई हिँड्ने एक पुरुषको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

मृत्यु भएको अन्दाजी २६ वर्षीय पुरुषको नाम, थर, वतन हाल सम्म खुल्न नसकेको उनले बताए । यता ठक्कर दिएर फरार भएका सवारीसाधन र चालकको तीव्ररुपमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।