मादक पदार्थ सेवनबाट भारतीयको मृत्यु

मादक पदार्थ सेवनबाट भारतीयको मृत्यु


सप्तरीको बेल्ही चपेना गाउँपालिका–३ नर्घामा मादक पदार्थ सेवन गरेका एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

स्थानीय भोला यादवको धान किन्ने काँटामा भारतको मधुबनी, विहारको कुइरीबन निवासी ५५ वर्षीय राजकुमार यादव र सोही ठाउँ बस्ने ४२ वर्षीय बिद्रेश्वर सहनी आएका थिए ।

सोही क्रममा अत्याधिक मादक पदार्थ सेवन गरेका राजकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

राससका अनुसार मृतकको शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।