‘महिलाप्रति समाजले गरेको व्यवहार चित्तबुझ्दो छैन’

‘महिलाप्रति समाजले गरेको व्यवहार चित्तबुझ्दो छैन’


देशको आधाभन्दा बढी जनसंख्या रहेको महिलाहरुको निति निर्माणको योजना बनाउने ठाँउमा कम प्रतिनिधित्व भएको छ ।

देशको करीब ५१ प्रतिशत महिला भएपनि नीतिनिर्माणमा भने कम प्रतिनिधित्व हुनु दुःखद कुरा हो ।

भर्खरै भएको प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा एकदमै कम संख्यामा महिलाहरु निर्वाचित हुनुले पनि महिलामाथिको प्रतिनिधित्व देख्न सकिन्छ ।
मुलुकको उच्च ओहदामा पुगेका महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व सभामुख ओनसरी घर्ती, पूर्व उपराष्ट्रपति सुजाता कोइराला, पूर्व प्रधानन्यायधिश सुशीला कार्की, पूर्व सांसद आरजु राणालगायत भएपनि यथेष्ट रुपमा महिलाको प्रतिनिधित्व हुन सकेको छैन ।

आफ्नो जिवनको पुरै समय मुलुकको समाजसेवामा लागेर उच्च ओहदामा पुगेका महिलाहरुलाई पछिल्लो समय विभिन्न आरोप प्रत्यारोप गरेर विवादमा ल्याउने काम हुने गरेको छ ।

लामो समयदेखि समाजसेवामा लागेकी नेपाली काँग्रेस संखुवासभाकी क्षेत्रीय प्रतिनिधी एवम् महिला नेत्री विनिता थापा खड्का महिलाहरुप्रति नेपाली समाजले गरेको व्यवहार चित्तबुझ्दो नभएको बताउँछिन् ।

‘मुलुकका हरेक आन्दोलनको नेतृत्व पंक्तिमा रहेर महिलाहरुले धेरै काम गरे, उक्त आन्दोलनबाट प्राप्त अधिकारलाई लिएर अहिले महिलामाथि विभिन्न टिकाटिप्पणी गर्नु राम्रो कुरा होइन,’– उनले भनिन् ।

नेत्री खड्का महिलाहरुले गरेको प्रगतीलाई नेपाली समाजले देख्न नसक्ने समाजले नराम्रा कुराहरुलाई पश्रय दिएको बताउँछिन् ।