जेसिस अधिवेशनले बढ्यो भैरहवामा चहलपहल

जेसिस अधिवेशनले बढ्यो भैरहवामा चहलपहल


नेपाल जेसिसको ४४ औं महाधिवेसन यही पुस ८, ९ र १० गते भैरहवामा हुनेगरी तयारी पूरा भएको छ । जेसिआई सिद्धार्थ नेपालको आतिथ्यमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको छ ।

भैरहवास्थित महेन्द्रसभा गृहमा हुने उक्त महाधिवेशनको पुर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्ने भएका छन् ।

महाधिवेशनमा १ करोड ३५ लाख खर्च हुने बताइएको छ । महाधिवेशनमा भाग लिन देशैभरबाट आउने युवाहरूलाई बसाल्नको लागि बेलहियादेखि भैरहवाको बर्मेलीटोलसम्मका २ हजार ५ सयभन्दा बढी होटलका बेड बुक भइसकेको महाधिवेशनको आयोजक संस्था जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष सुमन शर्माले जानकारी दिए ।

८ गते भैरहवाको महेन्द्रसभा गृहमा पुर्वप्रधानमन्त्री प्रचण्डले महाधिवेशनको उदघाटन गर्नेगरी कार्यक्रमको तयारी अन्तिम चरणमा पुराइएको महाधिवेशन निर्देशक महेन्द्रकुमार श्रेष्ठले जानकारी गराए ।

सन् १९९१ मा भैरहवामा सम्पन्न महाधिवेशन पुर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले उदघाटन गरेका थिए । सो महाधिवेशनबाट उत्तर चापागाइँ राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका थिए ।

नेपाल जेसीजको नयाँ नेतृत्वको लागि रामग्राम जेसीजका पुर्वअध्यक्ष श्रीधर बस्याल र इटहरी जेसीजका पुर्वअध्यक्ष महेश पौडेलको चर्चा छ । बस्याल हालको बोर्डका कार्यकारी उपाध्यक्ष हुन् भने पौडेल सन् २०१६ का कार्यकारी उपाध्यक्ष हुन् ।

– चन्द्रकान्त खनाल