प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलको बैठक बिहान ११ बजेका लागि बोलाएका छन् ।
राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बालुवाटार स्रोतका अनुसार यिनै विषय आजको बैठ्कको प्रमुख एजेण्डा रहेको छ ।
बैठकमा राष्ट्रिय पार्टीका रुपमा रहेका एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सहभागी हुनेछन् । यि पार्टीहरु सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनबाट राष्ट्रिय पार्टी बन्न पुगेका हुन् ।
यसपटक पाँच पार्टीले मात्रै राष्ट्रिय दलको मान्यता पाएका थिए । राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्षमा १ सिट र समानुपातिकमा कूल सदर मतको ३ प्रतिशत मत सीमा पार गर्नुपर्ने व्यवस्था अनुरुप यि दलहरुले राष्ट्रिय दलको मान्यता पाएका हुन् ।
प्रतिक्रिया