सडकलाई पहिलो प्राथमिकता दिँदै गाउँसभा सम्पन्न

सडकलाई पहिलो प्राथमिकता दिँदै गाउँसभा सम्पन्न


आन्तरिक विवादका कारण लामो समय हुन नसकेको रामप्रसाद राई गाउँपालिकाकोे गाउँसभा सडक विस्तारलाई पहिलो प्राथमिकता दिँदै सम्पन्न भएको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको पाँच महिनापछि सम्पन्न पहिलो गाउँसभाले चालू आवका लागि कुल रु २६ करोड ७४ लाख २६ हजार बजेट पारित गरेको हो ।

यसमा शसर्त अनुदान रु नौ करोड ३७ लाख २३ हजार, निसर्त अनुदान रु १६ करोड ८२ लाख १७ हजार, गत वर्षको खर्च हुन बाँकी रकम रु ४६ लाख र अनुमानित आन्तरिक आय रु आठ लाख गरी सो बराबरको रकम विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो ।

सभाले सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखेको छ । सडक विस्तारमा रु पाँच करोड १६ लाख ८० हजार रकम विनियोजन गरिएको छ ।