वामदेवलाई फकाउन उनकै घरमा एमाले बैठक

वामदेवलाई फकाउन उनकै घरमा एमाले बैठक


आज दिउँसो १ बजे एमाले स्थायी कमिटी बैठक बस्दै छ । नेकपा एमालेले सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्बाचनपछि पहिलोपटक आज स्थायी कमिटि बैठ्क बस्न लागेको हो ।

सुविधासम्पन्न पार्टी कार्यालय हुँदाहुँदै एमालेले आफ्नो बैठक भैसेपाटीस्थित वामदेव गौतमको निवासमा राखेको छ । संसदीय निर्वाचनमा बर्दियाबाट पराजित भएपछि गौतमले आफूमाथि अन्तर्घात भएको र नियोजित रुपमा हराइएको बताउँदै आएका छन् ।

यसरी वामदेव क्रुद्ध भएको बुझेपछि उनलाई फकाउन एमालेले निवास स्थानमै बैठक राखेको हो ।

यता, पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले समसामयिक राजनीतिक विषय र अहिले देखिएका समस्याका बारेमा बैठकमा छलफल हुने बताएका छन् ।

बैठ्कमा एमाले–माओवादी बीचको पार्टी एकिकरण, सम्पन्न निर्बाचनको समीक्षा र राष्ट्रपति समक्ष पुगेको राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशका बारेमा छलफल केन्द्रित रहने एमालेका एक नेताले जानकारी दिए ।