सडक अतिक्रमण गरेका भौतिक संरचना भत्काइँदै

सडक अतिक्रमण गरेका भौतिक संरचना भत्काइँदै


सडक अतिक्रमण गरेर झापाको बिर्तामोडमा बनाइएका घर–टहरा आजबाट हटाउन शुरु गरिएको छ ।

सडक डिभिजन कार्यालयल, बिर्तामोड नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजबाट फराकिलो सडक बनाउन अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउन शुरु गरेको हो । सडक अतिक्रमण गरेर बनाइएका भौतिक संरचना एस्काभेटर प्रयोग गरेर भत्काउन थालिएको छ ।

बिर्तामोडको मुक्ति चोकलाई केन्द्र मानेर चारैतिर अतिक्रमण गरेर बनाइएका संरचनाहरु भत्काउन शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिनुभयो ।