कक्षाकोठाको सिटमा हानथापपछि छातीमा छुरा

कक्षाकोठाको सिटमा हानथापपछि छातीमा छुरा


– प्रणय साह

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको समूहको आक्रमणबाट एक विद्यार्थी सख्त घाइते भएका छन् । क्याम्पसमा अध्ययनरत विद्यार्थीे समूहको आक्रमणबाट सोही क्याम्पसमा बिबिएस प्रथम वर्ष अध्ययनरत वीरगन्ज सबैठवा २३ बस्ने साधु यादवका छोरा रोशन यादव घाइते भएका हुन् ।

विद्यार्थीहरूको समूहले उनको छाती र वायाँ हातमा धारिलो छुरा प्रहार गरेर घाइते तुल्याइदिएको छ । विद्यार्थीको समूहको आक्रमणबाट गम्भीर घाइते भएका यादवलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगन्जको गण्डक अस्पतालमा लगिएको थियो । त्यहाा पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि नेशनल मेडिकल अस्पताल लगिएकोे बुझिएको छ ।

क्याम्पसको कक्षा कोठामा सिटको विषयलाई लिएर हिजो उनीहरूबीच विवाद भएको थियो । आज अर्को पक्षले समूह बनाएर आई यादवलाई आक्रमण गरेर घाइते बनाएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिष कर्णले जानकारी दिनुभयो । आक्रमणमा संलग्न एकजनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिनुभएको छ ।