प्रहरीको गोलीले लियो म्यादी प्रहरीको ज्यान

प्रहरीको गोलीले लियो म्यादी प्रहरीको ज्यान


म्यादी प्रहरीको तलबसम्बन्धी मामलाले जिल्ला जिल्लामा विवाद र झडपको अवस्था निम्त्याएको छ । हुँदा हुँदा यस विवादले नागरिकको ज्यान समेत लिन थालेको छ ।

यसै सिलसिलामा म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा कालिकोटमा आज एक युवकले ज्यान गुमाएका छन् । म्यादी प्रहरीलाई शुरुमा तोकिएअनुसार तलब नदिइएको विषयमा कालीकोट जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दा प्रहरी र पूर्व म्यादी प्रहरीबीच झडप भएको थियो । उग्र भीडलाई पन्छाउन हवाइफायर गर्दा तितरवितर नभएपछि प्रहरीले गोली चलाएएको र सो क्रममा विवेक एेडी नामक युवकको मृत्यु भएको बताइएको छ ।

प्रहरीका अनुसार पूर्व म्यादी प्रहरीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीका तर्फबाट जथाभावी गोली प्रहार भएको थियो । प्रहरीले चलाएको गोली लागि सान्नी त्रिवेणी गाउँपालिका तिकुवा निवासी ऐडीको मृत्यु भएको हो ।