उत्कृष्ट शाखालाई ‘क्यान’को सम्मान

उत्कृष्ट शाखालाई ‘क्यान’को सम्मान


कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको २४ औँ साधारणसभा तथा अधिवेशनमा रूपन्देही र सिन्धुपाल्चोकसहितका जिल्ला शाखा सम्मानित भएको छ । शुक्रबारबाट काठमाडौमा शुरु भएको क्यान महासंघको २४ औं वार्षिक साधारणसभाको अवसरमा रूपन्देही उत्कृष्ट शाखा घोषित भयो । शाखालाई पुरस्कारसहित ५० हजार नगद र सम्मान पत्र प्रदान गरिएको हो । त्यस्तै, सिन्धुपाल्चोक, काभ्रे, शाखालाई प्रोत्साहनस्वरूप सम्मान गरिएको हो ।

मुलुकभर कृयाशील ५५ शाखामध्ये उत्कृष्ट शाखाको रुपमा रुपन्देही र प्रशंसनीय शाखाको रुपमा सिन्धुपाल्चोक र काभ्रे सम्मानित भएको हो । रूपन्देही शाखाले क्यान ईन्फोटकसहित विविध कार्यक्रम गरेकाले उत्कृष्ट शाखा घोषित गरिएको क्यान महासंघले जनाएको छ।

सिन्धुपाल्चोक क्यान महासंघले विभिन्न विद्यालयहरुमा आइटी क्लब गठन गर्ने, विभिन्न स्थानीय तहमा वाइ फाइ जोन स्थापना गर्ने, सुचना प्रविधिको क्षेत्रमा जिल्लामा अन्य काम काम गरिरहेको छ ।

यसैबीच , क्यान महासंघ सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष प्रभात श्रेष्ठ क्यान महासंघको ३ नंम्बर प्रदेशको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । क्यान महासंघले भोलीसम्ममा नयाँ केन्द्रिय समिति समेत चयन गर्ने क्यान सिन्धुपाल्चोकका अध्यक्ष निर्जन श्रेष्ठले जानकारी दिए ।