छविलाल बगाले
नेपाली राजनीति यतिबेला एउटै विषयमा मात्रै केन्द्रित बन्न पुगेको छ । स्थानिय तहदेखि प्रदेश र प्रतिनिधि सभाका तीन वटै निर्बाचन सफल रुपमा सम्पन्न गरेपछि पनि अध्यादेशका कारण नेपाली राजनीति तरंगित अवस्थामा पुगेको हो ।
यतिबेला नेपाली राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारीकोमा अड्किएको अध्यादेशका बारेमा निकै ठूलो चर्चा परिचर्चा भएको छ । यही अध्यादेशका कारण लोकतान्त्रिक र वामगठबन्धनका विचको दुरी पनि बढेको छ । त्यति मात्रै होइन् । देशका प्रमुख तीन नेतालाई विदेशबाट फोन आएको समाचार सार्वजनिक भएसंगै पनि मुलुकको राजनीतिक माहोल एकाएक तातेको छ ।
एकै ठाउँमा उभिनै नसक्ने अवस्थामा पुगेका प्रमुख दलका नेताहरु शुक्रबार एकाएक एकै ठाउँमा उभिए । प्रतिनिधिसभा निर्वाचनले मुलुकको राष्ट्रिय पार्टीको मान्यता पाएका पाँच दलका नेताहरु गम्भीर परामर्शमा जुटे तर दुर्भाग्य विना निष्कर्ष उनिहरुको बैठकबाट कुनै निर्णय भने हुन सकेन् ।
हुन त नेपालको राजनीतिक विडम्बना हो, एकआपसमा मिल्न र छुट्न विदेशीकै सहायता लिनुपर्दछ । मुलुकको ऐतिहासिक संविधान २०७२ जारी गर्दा भने दलहरुले न कसैको सहारा लिए न दवाव अनि सुझाव नै सुने । अहिले तिनै दलहरु एकअर्कामा दुरी बढाएर दुईतिर मुख फर्काएर बसेका छन् र यो अवसर उनीहरुलाई जुराइदिएको छ – राष्ट्रिय सभा निर्वाचन सम्बन्धि अध्यादेशले ।
अध्यादेशले संविधान जारी गर्दा एक भएर लागेका दलहरुलाई दुरी बढाइदिएको छ । शुक्रबार राष्ट्रिय सभा निर्वाचन विद्येयक लगायतका विषयमा राष्ट्रिय मान्यता पाएका दल एकै ठाउमाँ जुटे । नेपाली जनताले सोचेका थिए की दलहरु बीच गम्भिर वहस होला र निकास निस्केला भनेर बालुवाटारको समाचार कुरेका थिए तर नेपाली जनताको आशा एकछिन पनि टिक्न सकेन् ।
मुस्किलले एक घण्टा बसेको वैठकमा दलहरु एकअर्का बिच आरोप प्रत्यारोप लगाए नै बैठकलाई विना निष्कर्श टुङ्ग्याए । बैठ्कपछि कांग्रेसले एमालेमा जितपछि दम्भ र अहंकारको मात्रामा बृद्धि भएको निष्कर्ष निकाल्न भ्यायो भने एमालेले एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि प्रस्तावना गरिएको एकल संक्रमणीय निर्वाचन प्रणाली संविधान विपरित भएको निष्कर्ष निकालेको छ ।
धमिलो पानीमा माछा मार्न पल्किएका नेपाली राजनितिज्ञहरुले मुलुकलाई कहिलेसम्म बन्दक बनाएर राख्ने हो त्यो उनिहरु कै हातमा छ । मुलुकमा विकास, सम्बृद्धि र अर्थतन्त्र विकासका चर्का भाषण गरेर चुनाव जित्ने तिनै दलहरु आज मतदाता सामुने एकआपसमा झगडा गर्नसम्म पनि पछाडि परेका छैनन् ।
दलहरु यसरी सधैं राजनीतिक जोड घटाउ, झै–झगडा र सत्ता मोह भइरहने हो भने मुलुक र मुलकबासीको विकास असंभव हुने निश्चित जस्तै छ ।
प्रतिक्रिया