सडक दुर्घटनामा वडा सदस्यले ज्यान गुमाए

सडक दुर्घटनामा वडा सदस्यले ज्यान गुमाए


कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ ।

पोखराबाट भाचोकतर्फ गइरहेको ना३ख ७४३६ नं को बस सडकमा भास्सिएपछि पल्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

राससका अनुसार दुर्घटनामा छ जना यात्रु घाइते भएकका छन् । घाइतेहरुको स्थानीय मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ ।