कञ्चनपुर ४४ औं खुला दिसामुक्त जिल्ला

कञ्चनपुर ४४ औं खुला दिसामुक्त जिल्ला


कञ्चनपुर मुलुकको ४४ औँ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज बिसीले शुक्रबार खुला दिसामुक्त जिल्ला घोषणा गर्दै अभियानलाई पूर्ण संरक्षण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अभियानमा सहयोग गर्ने विभिन्न संघ-संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । कञ्चनपुरमा ८२ हजारभन्दा बढी शौचालय निर्माण भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भीमदत्तनगरका शाखा अधिकृत गौराजबहादुर लिम्बूले जानकारी दिए । राससका अनुसार प्रदेश नं ७ मा दार्चुला र कैलाली जिल्ला खुला दिसामुक्त घोषणा हुन बाँकी छन् ।