आज काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्ती

आज काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्ती


नेपाली कांग्रेसका संस्थापक नेताको ९४ औं जन्मजयन्ती विविध कार्यक्रमको आयोजना मनाइँदैछ । पुर्वप्रधानमन्त्री समेत रहेका स्वर्गीय किसुनजीको जन्मोत्सवको अवसरमा शानिबार भट्टराई आश्रम बाडेगाउँ ललितपुरमा बिशेष कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाली राजनीति इतिहासमा सन्त र निःस्वार्थी राजनीतिज्ञको रुपमा परिचित स्वर्गीय किसुनजीको सादगी जीवन शैली तथा निःस्वार्थी राजनीतिलाई सबैले प्रशंसा गर्ने गर्दछन् ।

उनले आफू प्रधानमन्त्री भएका बेला आफ्नो सम्पत्तिको रुपमा पूरानो बाकस र सुराही मात्रै लिएर प्रधानमन्त्री निबासबाट बाहिरीएको चर्चाले अहिलेसम्म पनि उनको चर्चा र परिचर्चा नगर्ने सायदै कम होलान् । शक्तिमा पुगेपछि चाहेको काम गर्न र राज्य ढुकुटी रित्याउनुपर्छ भन्ने भावना बोकेका राजनीतिज्ञहरुलाई किसुनजीले पाठ सिकाइदिएका छन् ।

९४ वर्षअघि पुस ८ गते यस धर्तिमा जन्मिएका किसुनजीले नेपाली राजनीति इतिहासमा गरेका कामको सबै नेपाली जनता र राजनैतिक दलहरुले बुझ्न र अनुसरण गर्न जरुरी रहेको छ । सन्त नेताका रुपमा देश विदेशमा चिनिएका किसुनजीको नाममा स्थापना भएको सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज एक कार्यक्रमको आयोजना गर्न गइरहेको छ । शनिबार दिउँसो १ बजे उनकै निबासमा नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा किसुनजीको जन्मजयन्ती मनाउन लागेको छ ।

यता, कांग्रेसका सन्त नेता किसुनजीको जन्मोत्सवमा एमालेका नेता प्रमुख अतिथी हुने भएको खबरले कांग्रेस नेता तथा कार्यकर्तामा ठूलै मतभेद शुरु भएको छ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कार्यक्रममा उपस्थित नहुने भनेपछि आयोजकले ओलीलाई निमन्त्रणा गरेको बताइएको छ ।

स्मरण रहोस् हालका कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवालाई आजको राजनीतिक उचाईम पु¥याउने जग उनै सन्त नेता किसुनजीले नै तयार गरिदिनुभएको थियो ।