के अब एक वर्ष मात्र वाँकी छ त ?

के अब एक वर्ष मात्र वाँकी छ त ?


लण्डन । आगामी वर्ष अर्थात् सन् २०१२ को डिसेम्बर महिनाको २१ तारिख, पृथ्वीको अन्तिम दिन हो त ? पृथ्वीको विनासपछि समस्त रुपमा डाइनासोरहरुका प्रकार विशेषका जनावरहरु लोप भएजस्तै मानवलगायत जीववन्तुहरुको पनि विनास हुनु अवश्यम्भावी छ । त्यस्तो डरलाग्दो सम्भावना रहेको भविष्यको उक्त दिनको चर्चा दिन गम्भीरताका साथ गरिँदै छैन ? के फिल्म २०१२मा देखाइएजस्तै शक्तिशाली मुलुकका सरकारहरुबीच गोप्य कार्यहरु भइरहेका छन् (तीब्बतमा कतै विशाल जहाज बनाउने ? किन यसबीच मायाइन क्यालेण्डरको महत्व शिखरमा छ ? अब एक वर्षको अवधि-उक्त क्यालेण्डरकै प्रसंगका अनुसार) वाँकी रहेको सन्दर्भमा आउनुस्, यसै विषयमा केही चर्चा गरौं ?

सर्वप्रथम मायान क्यालेण्डर के हो त ?
प्रि-कोलोम्वियन मेसोअमेरिकाका माया मानवजातिले प्रयोग गरेका क्यालेन्डरलाई नै मायान क्यालेण्डर भनिएको हो । माया समुदायहरु खासगरी ग्वाटेमाला, मेक्सिको, बेलिज र हन्डुरास आदिमा बसोबास गर्ने जनाइएको छ । पाँचौं शताब्दीदेखिको मानिएको सो क्यालेण्डरमा मेसोअमेरिकन सोसाइटीको वरपर घुमेको छ । मायान क्यालेण्डरमा सौर्य मण्डलको व्यवस्था, चन्द्रमालगायत विभिन्न ताराहरुको परिक्रमाको अवस्था आदिमा गम्भीरताका साथ गणितीय लेखाजोखा राखिए जस्तै क्रममा सूर्य ग्रहण, चन्द्र ग्रहण अनि उल्काहरुको गति, दूरी आदिको पनि लेखाजोखा राखिएको बताइएको छ । यसलाई विस्तृतमा भन्नु पर्ने हुन्छ, जसलाई साधारणतया उल्था गर्न पनि गाह्रो हुन्छ, तर निचोड के हो भने, मायान क्यालेण्डरलाई श्वैरकल्पना भनेर नजरअन्दाज गर्न नसकिने गरी तथ्यपूर्ण मानिएको छ । मायान क्यालेण्डरले समयको चक्रको चक्रको नि चक्रलाई सूक्ष्म अध्ययन गरेको मानिएको छ । क्यालेण्डरले एक किसिमले पृथ्वी, सूर्य, चन्द्रमा अनि सौर्य मण्डलबीच सेतुको काम गरेको छ । यसमा लेखिएका कतिपय घटनाहरु जस्ताको तस्तै गरी घटेका छन्, जो कि शताब्दीयौंअगाडि लेखिएको मानिएको थियो ।

डिसेम्बर २१, २०१२ आखिर के हो त ?
वास्तवमा यो यस्तो तारिख हो जसको महत्वलाई वैज्ञानिकहरुले पनि नकार्न सक्दैनन् । यस दिन एस्ट्रोनोमिकल र मायान मिथिकल घटनाको सन्दर्भमा सो निक्कै नै दुर्लभ दिन मानिएको छ । एस्ट्रोनोमिकल अध्ययनअनुसार सो दिन, सूर्यले मिल्की पथ र इक्लिप्सको पथलाई इन्टरसेक्ट गर्दछ, मिल्की वे अर्थात् दूधालू पथ, राति उत्तरी दक्षिणी आकाशमा देख्न सकिन्छ । इक्लिप्स भन्नाले त्यो ट्र्याक हो जसमा सूर्य, चन्द्रमा अनि वाँकी ताराहरुको यात्रा दर्ता हुन्छ जो खासगरी पूर्वी पश्चिमी आकाशमा देखिन्छ । त्यही कस्मिक क्रस जो मिल्की वे र इक्लिप्स यात्राको इन्टरसेक्सनबाट उत्पन्न हुन्छ लाई मायान क्यालेण्डरमा धार्मिक रुख भनिएको छ । मायान मिथिक्सअनुसार सिन् १२को डिसेम्बर २१को सूर्योदय त्यही धार्मिक रुखको बीचोबीचबाट हुन्छ भनिएको छ । यस्तो किसिमको सूर्योदय वा इन्टरसेक्सन २५,८०० वर्षभन्दा अगाडि भएको छैन भन्ने तथ्यांक रहेको छ । मायान क्यालेण्डरमा त्यसपछि मानव सभ्यताको अन्त हुने दिन मानिएको छ, कसरी ? त्योबारेमा कोही पक्का छैनन् । तर नासाका अनुसार सो दिन अन्य अर्को दिनभन्दा बेग्लो नहुने पक्का छ । एस्ट्रोनोमिकली सो इन्टरसेक्सनले सोलार सिस्टमलाई कुनै प्रकारले पनि दखल नदिने नासाको विश्लेषण रहेको छ ।

डिसेम्बर २१२०१२ डटकम नामको आधिकारिक वेब सञ्जालको माध्यमबाट सो समूहले मायान क्यालेण्डरको भविष्यवाणीलाई विश्वास गर्नेहरुको विशाल जमातलाई एकत्रित पार्दै लगेको छ । विश्वमा आज लाखौं मानिसहरु, अर्को वर्षको आजको दिन पृथ्वीको अन्तिम दिन मानेर सक्दो भोग भोग्दैछन् भने लाखौंचाहिँ अर्को जन्मको लागि राम्रोको कामना गर्दै धर्म-कर्म गर्दैछन् ।

वास्तवमा अबको अर्को वर्षमा के हुन्छ भनेर ठोकुवा कसैले गर्न नसके पनि मायान क्यालेण्डरले भविष्यवाणी गरेका धेरै घटनाहरु सत्य भएर आएका छन् । विगत केही वर्षहरुबाट संसारमा विभिन्न किसिमका प्राकृतिक प्रकोपहरु भइरहेका छन् र त्यसले लाखौं मानिसहरुको ज्यान लिएको पनि छ, त्यस्तोमा केही हुन नसक्नेमा पनि ढुक्क हुन सकिँदैन ।-नीर खड्का, मेस