प्रचण्ड-अभिव्यक्तिको विरोधमा घण्टाघरमा सभा

प्रचण्ड-अभिव्यक्तिको विरोधमा घण्टाघरमा सभा


पर्साको ठोरीलाई प्रदेश नम्बर ३ मा गाभ्ने भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको विरोधमा आज संघीय समाजवादी फोरम नेपालले वीरगञ्जको घण्टाघर क्षेत्रमा प्रदर्शन गरेको छ । ठोरीमा आयोजित सभालाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष दाहालले पर्साको ठोरी गाउँपालिकालाई प्रदेश नम्बर ३ मा गाभ्ने बताएका थिए ।

सो अभिव्यक्तिको विरोधमा फोरम नेपालले वीरगन्जको घण्टाघर चोकमा विरोधसभा आयोजना गरेको हो । विरोधसभालाई सम्बोधन गर्दै फोरम नेपाल पर्साका उपाध्यक्ष सुन्दर कुर्मीले ठोरी पर्साको अभिन्न अंग र महत्वपूर्ण गहनासरह भएकाले ठोरीलाई पर्साबाट अलग गरेर अन्य जिल्लमा मिसाउन चाहनेहरुको हात काटिदिने कडा चेतावनी दिए ।

उपाध्यक्ष कुर्मीकै अध्यक्षतामा भएको विरोधसभामा फोरम नेपालका मधेस प्रदेश सचिव सलाउद्दीन अहमद, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारी, फोरम नेपाल पर्साका सचिव नागेन्द्र यादव, समाजवादी युवा संघका केन्द्रिय सदस्य सुशील साह कानु, पत्रकार विजय कुशवाहालगायतको पनि सहभागिता रहेको थियो ।

– प्रणय साह