प्रचण्डका कुराले ओली चित !

प्रचण्डका कुराले ओली चित !

माओवादीले निहुँ खोज्न थालेको सङ्केत पाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग संवाद गर्नुभएको छ । गत सोमबार (३ गते) बालकोटस्थित आफ्नै निवासमा निमन्त्रणा गरेर ओलीले यादवसँग वार्तालाप गर्नुभएको हो ।

राष्ट्रिय सभाको निर्वाचन, अध्यादेश र सरकार गठनलगायतका विषयमा दुई नेताबीच भएको छलफलका क्रममा ओलीले यादवलाई वाम गठबन्धनमा सामेल हुन आग्रह गर्नुभएको थियो । ओलीको आग्रहलाई सकारात्मक रूपमा लिँदै यादवले मधेसका कतिपय मुद्दामा उदारता दर्शाउन ओलीलाई अनुरोध गर्नुभएको थियो । वार्ता सकारात्मक भए पनि यो टुङ्गोमा पुगिनसकेको बुझिएको छ । ज्ञातव्य छ, यादवको मात्र साथ एमालेलाई भयो भने पनि सरकार गठन गर्न आवश्यक सङ्ख्या पुग्नेछ ।

प्रचण्डले राष्ट्रपति, सभामुख र पार्टी अध्यक्ष पद लिएर मात्र केपी ओलीलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने मानसिकता बनाउनुभएको बुझिएको छ । यसरी माओवादीले सबै महत्वपूर्ण उच्च पदमा दाबी गरेपछि केपी ओली झस्किनुभएको छ र प्रधानमन्त्री बन्नकै निम्ति माओवादीलाई राष्ट्रपति, सभामुख र पार्टी अध्यक्ष पद सुम्पन नसकिने निचोडमा ओली पुग्नुभएको छ ।

नेपाली काङ्ग्रेसको नेतृत्व र अन्य कतिपय शक्तिकेन्द्रहरूले प्रचण्डलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाइदिने वचन दिएपछि केही दिनयता प्रचण्ड वाम गठबन्धनप्रति उदासीनता देखाउँदै हुनुहुन्छ । पार्टी एकताप्रति ‘ओठे प्रतिबद्धता’ जाहेर गरे पनि प्रचण्डका प्रस्ताव र व्यवहार एकीकृत पार्टी निर्माणलाई सहयोग पु¥याउने प्रकारको नरहेको केपी ओलीले ठान्नुभएको छ । ओलीका अगाडि माओवादीलाई ‘सर्वस्व’ सुम्पिएर आफू प्रधानमन्त्री बन्ने कि पार्टी र मूल्य–मान्यता जोगाएर प्रधानमन्त्री पद प्राप्तिको बाटो छोड्ने भन्ने प्रश्न यतिबेला ओलीका अगाडि खडा भएको छ ।