साताको राशिफल (१२–१८ पुष, २०७४)

साताको राशिफल (१२–१८ पुष, २०७४)


मेष
अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साताको अन्त्यमा छोटो दूरीको लाभदायक यात्रा हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ सेतो वा पहँेलो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गर्नाले अधिक लाभ मिल्नेछ ।

वृष
रमाइलो यात्राको योग रहेको छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेकोे र ताकेको कार्य पूरा हुनेछ । साताको पूर्वार्धबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको दर्शन गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

मिथुन
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । कलकारखाना र बन्दव्यापारबाट फाइदा हुनेछ । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ वैजनी वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्ेको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट
आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । प्रेमी÷प्रेमिकाबीच खिन्नता बढ्नेछ । व्यवसायमा नोक्सानी व्यहोर्नुपर्नेछ । साताको पूर्वार्धबाट धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहन सुख मिल्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ सेतो वा नीलो हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महादेवको ध्यान गरी यात्रा आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

सिंह
धार्मिक–सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । वैदेशिक कार्य अघि बढ्नेछ । वाक्चतु¥र्याइँले सङ्कल्प सिद्घ हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका लागि शुभअङ्क २, ४ र शुभरङ नीलो वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व मृत्युञ्जय भगवान्को ध्यान गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

कन्या
नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला । अरूको भलाइका लागि दौडधुप गर्नुपर्नेछ । घरायसी विवाद बढ्नेछ । साताको अन्त्यमा न्यायिक कार्यमा सफलता मिल्नेछ । दाम्पत्यजीवन सुखमय हुनेछ । मनोरञ्जन र रोमाञ्चक यात्राको योग छ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आफ्नो इष्टदेवताको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

तुला
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । व्यावसायिक कार्यमा राम्रै फड्को मार्न सकिनेछ । मुद्दा–मामिलामा सफलता मिल्नेछ । धार्मिक यात्राको योग छ । पारिवारिक सद्भाव बढ्नेछ । नयाँ कामको थालनी हुनेछ । प्रेममा सफलता पाइनेछ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ नीलो वा हरियो हो । कुनै शुभकर्म गर्नुअघि महादेवको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृश्चिक
कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको पूर्वार्धबाट अरूको भरपर्दा धोकामा परिने हानि हुने र विश्वास गुम्नेछ । आफ्नो महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ रातो हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ रातो हो ।

धनु
अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मिहिनेतीहरूका लागि यो सप्ताह फलदायी रहनेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ हरियोे हो । कुनै शुभकर्म गर्नुअघि हनुमान्जीको दर्शन गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरूको विश्वास जित्न सकिनेछ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको दर्शनगरी कार्य आरम्भ अधिक सफलता मिल्नेछ ।

कुम्भ
लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भौतिक साधन जुटाउने समय छ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनुहोला । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ ध्वाँसे वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

मीन
महत्वपूर्ण कार्यमा व्यवधान आउनेछ । मनमा चञ्चलता बढ्नेछ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । रविबारबाट महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको दर्शन गरी आरम्भ कार्य गर्दा सफलता मिल्नेछ ।