बेलायतमा जाली एक पाउण्डको सिक्का

बेलायतमा जाली एक पाउण्डको सिक्का


लण्डन /गत वर्ष एकपटक एक पाउण्डको जाली सिक्काको समाचार प्रकाशमा आएको थियो । ४०वटा एकपाउण्डको सिक्कामध्ये एउटा जाली सिक्का यूकेभरि चलनचल्तीमा फैलिएको तथ्यांक प्राप्त भएको थियो । यो अवैध सिक्का चलनमा फिँजाउने समूह र सञ्जाललाई सरकारले निर्क्यौल गर्न नपाउँदै हालै फेरि एक पाउण्डको जाली सिक्का धेरै संख्यामा देशभरि फैलिएको कुराले यतिबेला “रोयल मिन्ट” (बेलायतको सिक्का बनाउने टक्साल) लाई ठूलो सरोकारको विषय बनेको छ । जाली सिक्काको संख्या बृद्धि भइरह्रेकोले एकपाउण्डको सिक्कालाई बन्द गरेर नयाँखाले सिक्का प्रचलनमा ल्याउनु पर्ने स्थिति सिर्जित भएको छ । तर, यसका लागि धेरै खर्च र अप्ठ्याराहरु पनि छन् । यतिबेला चलनमा रहेको प्रत्येक ३६वटा एकपाउण्डको सिक्कामा एउटा जाली सिक्का रहेको तथ्यांक प्राप्त भएको छ । हालको नयाँ तथ्यांकले चार करोड एक लाख जाली एक पाउण्डको सिक्का चलनमा रहेको बताएका छन् । यो प्रतिवेदन कन्जरभेटिव पार्टीका संसाद् एन्ड्रिउ रसिन्डेललार्इ संसदीय प्रश्नोत्तरकालका लागि अर्थ सचिव (ट्रेजरी) जस्टिन ग्रिइङ्कले प्रकाशित गरेका हुन् । “यो एकदमै सरोकारको विषय बनेको छ” भनेर जाली सिक्काबारे रसिन्डेलले टिप्पणी गरेका छन् । जाली सिक्कालाई तत्कालै बन्द गर्ने हो भने सबैभन्दा बढी ससाना अफ लाईसेन्सका पसलहरु मारमा पर्न सक्छ किनभने बैंकले एक पाउण्डको जाली सिक्का फिर्ता लिने छैनन् । भुपू रोयल मिन्टका एसेमास्टर, रबर्ट म्याथ्यूले, “यदि यही गतिमा जाली सिक्काहरु चल्तीमा आउने क्रम रहिरहन्छ भने यस्तो समय पनि आउनेछ, टक्सालले पैसा उत्पादन नै गर्नुपर्छ वा पर्दैन भन्ने विषयमा निर्धारण गर्न बाध्य हुनुपर्छ” भनेका छन् । विज्ञहरु भन्छन् साधारणतया एकपाउण्डको सिक्कालाई कुन जाली हो र कुनचाँहि जाली होइन भन्ने खुट्याउन निकै गाह्रोपर्छ । कतिपय एकपाउण्डका जाली सिक्काहरुलाई भेन्डिङ मेशिनबाट सामान किन्दा समष्या परेको देखिएन कारण मेशिनले जाली सिक्कालाई समेत ग्रहण गरेको पाइएका छन् । श्रोत – नेट, सुमल, मेस ।