बेलायतमा गरीवीले गर्दा आत्महत्या

बेलायतमा गरीवीले गर्दा आत्महत्या


लण्डन । हाम्पसायरस्थित फोर्डिङ्ब्रिज्डको एक घरमा एन्ड्र्यु केस नाम गरेका ३३ वर्षीय ट्रक ड्राइभरले आफ्नी श्रीमती ३१ वर्षीया नर्सरी स्कुल शिक्षिका भिक्की र दुर्इ र एक वर्षीया दुर्इ छोरीहरुको छुरी प्रहार गरी हत्या गरेर आफू पनि झुण्डिएर आत्महत्या गरेको खबरले सो क्षेत्रलगायत यूके एक किसिमले हलचल मच्चिएको छ ।
साधारणतया शान्त र आदर्श कारिन्दा अर्थात् ट्रक चालकको रुपमा आफ्नो काम गर्ने कम्पनीमा कहलिएका एन्ड्र्यु निक्कै नै परिवारलाई माया गर्ने पारिवारिक व्यक्ति मानिने उनका आफ्ना साथी तथा सुपरभाइजरहरुका साझा राय रहेको बताइएको छ । फेसबुकको आफ्नो वालमा पनि बेलामौकामा श्रीमती र छोरीहरुको साथमा कतै जाने, रमाइलो गर्ने आदिबारे लेख्ने केसका परिवार उक्त घटना घटेको केही दिनअघि मात्र होलिडेबाट फर्किएको थियो र घटना घट्ने दिनको भोलिपल्टबाट काममा र्फकनु पर्ने एन्ड्र्युको परिवारमा कुनै किसिमको झगडाहरु नभएको नजिकका छिमेकीहरु बताउँदछन् ।
डाइनिङ रुममा प्लास्टिकले टाउको ढाकिएको हालातमा रगताम्मे भएकी विक्की र छोरीहरु क्रमशः फोबी र नेरेया बेडरुममा घाँटी रेटिएको, र एन्ड्र्युचाहिँ भर्‍याङको रेलिङमा झुण्डिएर मृत हालातमा छिमेकीहरुले भेटेका थिए । घटना अस्ति घटेको थियो । छुरी अझैसम्म फेला नपरेको भए पनि अन्य अनुसन्धानको आधारमा लोग्ने एन्ड्र्युले श्रीमती र छोरीहरुलाई मारेपछि आफूले पनि आत्महत्या गरेको भन्ने तथ्य बनाइएको छ ।
२००६ सालमा ब्यांकरप्ट हुनबाट बचे पनि अदालतले किस्तामा तिर्नसक्ने गरी तोकिदिएको निश्चित रकम तिर्दै गरेका एन्ड्र्युले केही महिनाअघि मात्र केहीबाहिर भएको आफ्नो ठूलो घर बेचेर आठसय महिनाको भाडा तिर्नेगरी उक्त नयाँ घरमा बसाइ सरेकाथिए । दुर्इ हप्ताअघि मात्र क्रेडिट कार्ड हराएकी विक्कीले आफ्नो उक्त कार्डबाट ७००० पाउण्ड गुमाएकिथिईन् र त्यसले पनि उक्त परिवारलाई गहिरो आघात परेको बताइएको छ । श्रीमती र आफ्नो कमाइले पनि साधारण जिन्दगीलाई धान्न नसकेको एन्ड्र्युले यस कष्टकर संसारबाट अति नै मार्मिक हालातमा विदा लिने निर्णय गरेको हुनसक्ने अनुसन्धानकारहरुको गम्भीर तथ्य रहेको छ ।
संसारको अति नै सम्पन्न राष्ट्रहरुमध्ये एक बेलायतमा यसरी गरीवीको हालात आत्महत्या गर्नु परेको यो पक्कै पनि पहिलो घटना होइन । अहिलेको संयुक्त सरकारले यसैमा पनि उक्त गरीव तथा असहायहरुलाई दिँदै आएको अन्य कतिपय सुविधाहरुमाथि नराम्ररी कटौती गर्ने पक्का भएको छ । कानूनले बनाएको विभिन्न अवस्थाहरुलाई बङ्ग्याउने खेलाडीहरुका खेलले गर्दा वास्तविक गरीवहरु पनि सरकारी आडबाट वञ्चित रहनु पर्ने आगामी दिनहरुमा कतियौं परिवारहरु यस्तै प्रकारका नियति भोग्न वाध्य हुनेछन् भन्ने अहिले नै अडकल राख्न गाह्रो पक्कै पनि पर्दैन ।
श्रोत-डेलीमैल, तस्वीरसहित, मेस