पाकीस्तानमा १५२ जना यात्रुसहित विमान दुर्घटना

पाकीस्तानमा १५२ जना यात्रुसहित विमान दुर्घटना


लण्डन । गत २८ जुलाई बिहान बेलायतको समय अनुसार ५ बजेर ४५ मिनट जांदा पाकीस्तानको राजधानी इस्लामाबाद नजिक पाकीस्तानी ईतिहासमा सबैभन्दा ठुलो विमान दुर्घटना भएको समाचार प्राप्त भएको छ। टर्कीबाट करांची हुदै ईस्लामाबादको लागि उडेको ब्लुएअर कम्पनीको एअरबस एबीक्यु—२०२मा १४६ जना यात्रुहरु र चालकदलका ६ जना सदस्यहरु सहित जम्मा १५२ जना सवार थिए। प्राप्त समाचारमा कुनैपनि मानिस जिवित फेला पारेका छैनन्। केहि दिन अघिदेखिको अविरल वर्षा र खराब मौसमको कारण दुर्घटनाग्रस्त क्षेत्र, मार्गलाहिल्सको दामन—ए—कोहको भ्यु पोईन्ट वरिपरि कुहिरो र तूवांलोले ढाकिएको थियो।

प्रत्यक्षदर्शीहरुका अनुसार दुर्घट्ना हुनुभन्दा अघि विमान तल्लो उचाई लिएर विस्तारै उडिरहेको थियो। पाकीस्तानी सेनाका एक बटालियान उद्वारको लागि तत्काल खटाईएको थियो साथै सेनाको ७ वटा हेलिकप्टर र एम्बुलेन्सहरु दुर्घटना भएको ठाउमा केहि समयभित्र नै पुगेका थिए। तर, दुर्घटना स्थल निकै विकट भएकोले उद्वार गर्न गएकाहरुलाई निकै आप्ठयारो सामना गर्नु परेका छन्। हालसम्म आधाभन्दा बढी शवहरु निकाली सकेका छन्। जताततै क्षत विक्षत दुर्घटनामा परेका मानव अंगहरु, हातखुट्टा, टाउकोहरु शरिरबाट चुंडिएका तथा जहाज चोईटिएर जलेको दृश्य अति विभत्स रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

दुर्घटनाको खबर प्राप्त भएको केहि अघि नै हवाईजहाजको सम्पर्क राडारस्क्रीनबाट लुप्त भएको कुरा पाकीस्तानी नागरिक उड्डायन प्राधिकारणका प्रवक्ता परवेज जार्जले प्रकाश पारेका छन्। बेनजीर भुट्टो अन्तरराष्ट्रिय विमानस्थालमा पर्खिरहेका आफन्तहरु यस दुखदायी घटनाले मर्माहात भएका छन्। एअरपोर्ट स्थित ब्लु एअरको टिकट काउन्टरमा जहाजका यात्रुहरुको लिस्ट राखिएको छ। “सयौ आफन्तहरु अतासमा एउटा काउन्टरबाट अर्को काउन्टरमा दौडि रहेका छन्, कसैलै कसैलाई मार्गदर्शन दिन सकिरहेका छैनन्”, भनेर एकजना आफन्तलाई स्वागत गर्न आएका अरसाद महमुदले समाचारदातालाई भनेका थिए। उनको दाई मौलाना नवाब हसन पनि दुर्घनाग्रस्त जहाजको यात्रु थिए।

स्रोत: -नेट, सुमल, मेस।