बालाजु र सीतापाइलामा सनराइजको एटीएम

बालाजु र सीतापाइलामा सनराइजको एटीएम


सनराइज बैंक लिमिटेडले राजधानीको बालाजु चोक र पद्म कोलनी (सीतापाइला)मा एटिएम सञ्चालनमा ल्याएको छ । पद्म कोलनी एटिएमको प्रारम्भ सञ्चालक ज्योतिकुमार बेगानी र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरेका थिए भने बालाजु एटिएमको आरम्भ बैंकका संचालकद्घय मालचन्द दुगड र ज्योतिकुमार बेगानीले संयुक्त रुपमा रिवन काटेर गरेका थिए ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ७१ वटा शाखा, ८९ वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै आएको र मर्चेन्ट बैकिङ तथा इन्भेष्टमेन्ट बैकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको सो बैंकले जानकारी दिएको छ ।