एमाले स्थायी समिति बैठक बस्दै

एमाले स्थायी समिति बैठक बस्दै


एमाले स्थायी समितिको बैठक आज बस्दै छ । राष्ट्रिय राजनीतिमा देखिएको समस्या समधानका विषयमा निकास खोज्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपराह्रन १ बजेपछि एमालेको बैठक बस्न लागेको हो ।

बैठकमा नयाँ सरकार गठन, माओवादी केन्द्रसँगको एकता प्रक्रिया, राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रसभा निर्वाचनसम्बन्धी अध्यादेश र प्रदेश सभातर्फ समानुपातिकको सांसद चयनका विषयमा छलफल हुने एमाले स्रोतले जानकारी दिएको छ ।