आफैले जन्माएका बच्चाहरु मार्दै फाल्ने आमा

आफैले जन्माएका बच्चाहरु मार्दै फाल्ने आमा


लण्डन । सुन्दै विश्वास नलाग्ने, एक जना आमाले आफैले जन्माएकी शिसुहरुलाई हत्या गरेको आरोप अदालतकोसामु स्वीकारेकी छिन् । ती महिलाले कम्तीमा ८ वटा शिशुहरु जन्माउनेबितिक्कै सास थुनेर मार्दै मैला पोको पार्ने प्लास्टिकको थैलोमा सील गर्दै राखेको समाचार प्रकाशमा आएको छ । ती महिलाको २१ र २२ वर्षका भर्जिनिया र एमिलिन् नामकी दुइटी छोरी साथै नातिहरु पनि छन् । उत्तरी फ्रान्सको दाउ आइ नजिक पर्ने विल्लर्स आउ तेरतियर गाउँ निवासी ४६ वर्षीय डमनिक कोट्रेज नाम गरेकी नर्सले गर्भनिरोधकजन्य कन्ट्रासेप्टिव प्रयोग गर्न असजिलो मानेकिले कहिल्यै पनि प्रयोग गरिनन् । तर, १३३ केजी तौल भएकी महिलाले पटक् पटक् गर्भधारण गरेपछि शिशुहरुलाई गोप्य तरिकाले कसैलाई चाल नदिई पछिल्लो २० वर्षको अवधिमा मार्दै आएकी कुरा प्रकाशमा तब आयो जब उनीहरुको पहिलो घर खरिदकर्ताले किनेपछि बगैंचा सफा गर्ने क्रममा ससाना दुइटा मानव कंकाल एउटा प्लास्टिकको ब्यागमा सील गरेको प्राप्त गरे । त्यसपछि तत्काल उनीहरुले प्रहरीलाई खबर गरेका थिए । उनीहरुले घर बेचेपछि नयाँ घरमा बस्दै आएका थिए । प्रहरीले हत्याको आशंकामा डमनिक कोट्रेजको नयाँ घरमा छापा मारेर खोजतलाश गर्दा अरु थप ६ वटा ससाना लाशहरु प्लास्टिकको थैलोमा सील गरेर राखिएको फेला पारेको थियो । पुर्पक्ष्यको लागि थुनामा राखेर कानूनी कारबाही गर्दा आदलतसामु डमिनिक कोट्रेजले आफ्नो आपराध स्वीकारेकी छिन् ।
डमिनिकको श्रीमान पियरे मेरी कोट्रेजलाई समेत शिशुहरुको हत्यामा संलग्न रहेको अशंकामा पक्राउ गरेर थुनिएका थिए । यो कुरा थाहा पाएपछि तिनको पति र छोरीहरुलाई ठूलो पीडा भयो । तिनको पतिले आफू यस विषयमा पूर्णतया अनभिज्ञ रहेको बताएका छन् । उनलाई आफ्नो पत्नीको १३३केजी ठूलो शरीरभएको कारणले गर्भ रहेको कहिल्यै थाह नलागेको बताएका छन् । डमिनिककी दुइटी छोरीहरुले समेत आमा गर्भ रहेको कहिल्यै थाह नलागेको बताएका छन् । तिनीहरुका अनुसार आमालाई थकान् र कमजोर महशुस भएकी कहिल्यै देखेनन् र परिवारको लागि सहयोग गर्ने, चौबीसै घण्टा मेहनेत गर्ने उदाहरणीय आमा भएकी स्थानीय समाचारदाताहरुलाई बताएका छन् । छिमेकीहरुले कोट्रेज दम्पती समाजका लागि योगदान दिँदै आएका असल दम्पतीको रुपमा चिन्दछन् । डमिनिकको पतिलाई मान्छे मार्न र लुकाएर राखेको अभियोगबाट आदलतले मुक्त गरेको छ । पियरे मेरी कोट्रेजले अहिलेसम्म तेश्रो पटक गरी कौन्सिलरपदको गरिमामय पद निर्वाह गर्दै आएका छन् । मान्छे मारेको अभियोगमा डमिनिक कोट्रेजलाई आजीवन कारावास हुने निश्चित भएको छ । अहिले उनी आफ्नो अपराधको सजाय पर्खिरहेकी छिन् । श्रोत – नेट, सुमल, मेस ।