भुम्दीकोट समाज यूकेको वार्षिक भेटघाट

भुम्दीकोट समाज यूकेको वार्षिक भेटघाट


लण्डन । माछापुछ्रे, अन्नपूर्णलगायत सुन्दर हिमालहरुको काखमा अवस्थित पोखराबाट दश पन्ध्र मिनेटको दुरीमा रहेको पुम्दीभुम्दी गाविसअन्तर्गतको अति सुन्दर गाउँ भुम्दीबाट हाल बेलायत आएर विभिन्न क्षेत्रहरुमा छरिएर रहेका भुम्दीबासीहरुबीचको चौंथो वार्षिक भेटघाट गत शनिबार मोर्डनको मेर्टन कलेजनजिकैको सुन्दर पार्कमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुका साथ भव्य रुपमा सम्पन्न भयो ।
समाजका अध्यक्ष गमबहादुर गुरुंगको अध्यक्षतामा रहेको कार्यक्रमको सञ्चालन सचिव योगेस गुरुंगले गरेका थिए र उपाध्यक्ष जुमकाजी गुरुंगले सहभागीहरुलाई स्वागत मन्तव्य दिएका थिए । सो कार्यक्रममा समाजकी ज्येष्ठ सदस्य असी वर्षीया आइती कुमारी गुरुंगको मुख्य आतिथ्य रहेको थियो भने उनले दीप बाली कार्यक्रमको औपचारिक चरणको आरम्भ गरेकिथिईन् ।
कार्यक्रम अबेरसम्म विभिन्न नाचगानलगायत अन्य मनोरञ्जनात्मक प्रस्तुतिका साथ बडो उत्साहपूर्वक चलेको थियो ।
-प्रदीप, मेस, तस्वीरसहित
वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।