चीनको विशाल बाँध अबरुद्ध हुन सक्ने

चीनको विशाल बाँध अबरुद्ध हुन सक्ने


लण्डन । राजा बीरेन्द्र पहिलोचोटि सन् सत्तरीको दशकमा चीनको भ्रमणमा सवारी हुँदा चीनको कूल ६० हजार मेगावट क्षमताको जलविद्युतसम्बन्धी परियोजनालाई देखेर नेपालको बारेमा जलविद्युतसम्बन्धी महत्वाकांक्षी परियोजना ल्याउने अवधारणा गरेका थिए । तर, नेपालको वर्तमान स्थितिलाई हेर्दा शताब्दियौसम्म जनताले त्यो दिन कुर्नुपर्ने अवस्था देखिन्छ । चीनले जलविद्युत परियोजनामा सफलता हासिल गरेर ठूलो फड्को मारेको छ । विश्वको सबैभन्दा ठूलो थ्री गोर्जेज ड्याम जलविद्युतको क्षेत्रमा चीनीयाई इन्जिनियारिङ्कको अनौठो सफलता मानिएको छ । वर्षेनी एकसय टेरावाट (एक करोड मेगावट) विद्युत उत्पादन गर्ने क्षमताको यस जलविद्युत ड्यामबाट प्रत्येक दिन तीन टन् जति मैला निकालेर फ्याकनु पर्ने अवस्था सिर्जना भएको छ । वर्षाको याममा झनै बढी मैला जम्मा भएर ड्यामको मिटर गेट जाम हुनसक्ने सम्भावना बढेको छ । पर्याप्त कर्मचारी र लगातार जम्मा भइरहने मैला फ्याक्ने उचित समान नभएकाले सीमित कर्मचारीहरुले मैला फ्याक्न ठूलो संघर्ष उठाइराख्नु पर्ने समाचार चीनको अंग्रेजी दैनिकीले प्रकाश गरेको छ ।
पन्द्रह करोडभन्दा बढी जनसंख्या ड्यामभन्दा माथिल्लो याङ्कजे नदी किनाराका शहरहरुमा बसोबास गर्छन् । चीनका म्युनिसिपिलिटिहरुमा मैला प्रशोधन र व्यवस्थापन गर्ने राम्रो व्यवस्था नभएकोले प्राय मैला नदीमा नै फाल्ने गर्छन् जसले गर्दा दिन प्रतिदिन ड्यामसाइडमा फोहोरमैलाहरु ब्ागाएर ल्याउँछ । मैलाहरु जम्मा हुँदै गएपछि ड्यामसाइडको लगभग १२ एकड् जतिको क्षेत्रमा २ फिटसम्मको मैलाको तह जम्मा भएको छ भनेर हुबेइबाट प्रकाशित हुने अर्को समाचारपत्रले प्रकाशित गरेको छ । कुनै कुनै ठाउँमा मान्छे पानीमाथि टेकेर हिँड्न सक्ने कुरा बताएका छन् । गत वर्ष पा“च दशमलव सात मिलियन क्युबिक फिट ड्यामसाइडमा तैरिरहेको मैला संकलन गरेको तथ्यांक त्यहाँका प्रबन्धक चेनले जनाएका छन् । मैला मात्र निकाल्ने कार्यका लागि गत वर्ष १० मिलियन युआन खर्चिएको तथ्यांक प्रबन्धकले प्रकाश पारेका छन् । यस जलविद्युत परियोजनालाई सन् २००८मा पूरा गरेर आधुनिक युगको एउटा आश्चर्यको प्रतीक मानेको छ । यसबाट याङ्कजे नदीमा पानीजहाजको यातायात सुदृढ बन्दै बाढी नियन्त्रण गरेर देशको विद्युत आपूर्तिका लागि अभूतपूर्व उपलब्धि मानिएको छ । तर, आलोचकहरुले पर्यावरणको नाश गरेर भूक्षयको संकट ल्याएको साथै एक करोड चालिस लाख जनताहरुलाई विस्थापित गरेको आरोप लगाएका छन् । श्रोत- नेट, सुमल, मेस ।