कांग्रेस कार्यसम्पादन समिति बैठक अहिले ८ बजे बस्दै

कांग्रेस कार्यसम्पादन समिति बैठक अहिले ८ बजे बस्दै


अहिले विहान ८ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक प्रदेशसभातर्फको समानुपातिक सांसद् छनोट तथा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न बोलाइएको हो ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि प्रदेश सभा निर्वाचनको परिणाम आएपछि पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको नेताहरुले बताएका छन् ।

बाल्वाटार स्रोतका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा बिचाराधिन अध्यादेश, पछिल्लो राजनीतिक अवस्थासँगै प्रदेशको समानुपातिक सांसद चयनका बारेमा छलफल गरिने नेताहरुले बताएका छन् ।

निर्बाचन आयोगमा कांग्रेसले आज प्रदेशसभाको समानुपातिकतर्फको नामावली पठाउनुपर्नेछ ।