'विश्वब्यापी रेडियो कविता प्रतियोगिता चाँडै हुने'

'विश्वब्यापी रेडियो कविता प्रतियोगिता चाँडै हुने'


लण्डन । बीएफबीएस् गोर्खा रेडियो यूकेले चाँडै नै तेश्रो विश्वब्यापी रेडियो कविता प्रतियोगिताको आयोजना गर्ने जानकारी भर्खरै स्थानीय नेपाली मिडियालाई जानकारी गराइएको छ । सो प्रतियोगितामा सहभागिता जनाउन चाहनु हुने प्रतियोगिहरुले ढिलोमा पनि सेप्टेम्वर महिनाको तेश्रो हप्तासम्म बीयफबीयस गोर्खा रेडियोको कार्यालयमा सम्पर्क गरी, आफ्नो कविता रेकर्ड गराइसक्नु पर्नेछ । प्रतियोगी आफैंले पनि कविता रेकर्ड गरेर मेलमार्फत पठाउन सक्नेछन् जसको लागि ठेगाना [email protected] रहेको छ ।

उक्त कविता प्रतियोगितामा कविता रेकर्ड गराउँदा, आफ्नो छोटो परिचय दिएर कविता वाचन गर्नुपर्ने छ भने प्रतियोगितामा प्रथम हुने प्रतियोगीलाई चाम्स् फिल्मस् प्रोडक्सनद्वारा प्रायोजित अवार्ड, प्रमाणपत्र, बीएफबीएस चिन्ह अंकित पुरस्कार र लण्डन कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टद्वारा प्रायोजित नगद १५ हजार रुपैयाँ प्रदान गरिने, द्वितीय र तृतीय हुने प्रतियोगीलाई पनि बीएफबीएस चिन्ह अंकित पुरस्कार, प्रमाणपत्र र लण्डन कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टद्वारा नै प्रायोजित नगत क्रमशः १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिने व्यहोरा आयोजकहरुबाट सार्वजनिक गराइएको छ ।

त्यस्तै, आयोजकका अनुसार चाम्स् फिल्मस् प्रोडक्सनद्वारा अवार्डचाँहि प्रत्येक वर्षको विजयी प्रतियोगीलाई रनिङ्ग शिल्डको रुपमा हरुतान्तरण गरिँदै जानेछ । यदि यूके बाहिरको प्रतियोगीले जितेमा भने, उक्त अवार्डमा विजयी प्रतियोगीको नाम लेखेर, बीएफबीएसमै अर्को वर्षसम्म राखिने छ । प्रतियोगीले फोनमार्फत कविता रेकर्ड गराउन चाहेमा, (+44)01303 225 779 अथवा, (+44)01303 246 730 मा सम्पर्क गरेर रेकर्ड गराउन सक्नेछन् । -मेस, लण्डन