आज प्रदेशसभाका समानुपातिक सांसदको सूची बुझाउने अन्तिम दिन

आज प्रदेशसभाका समानुपातिक सांसदको सूची बुझाउने अन्तिम दिन


आज शुक्रबार दलहरुले निर्बाचन आयोगमा प्रदेशसभाका समानुपातिक सांसदको सूची बुझाउनुपर्नेछ । आयोगले दलहरुलाई दिएको सुची बुझाउने म्याद आज सकिदैछ ।

प्रदेश सभातर्फको समानुपातिक सांसदहरुको नामावलीलाई अन्तिम रुप दिनको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिरहेका छन् ।

आज दलहरुले कार्यालय समयभित्र प्रदेशसभामा पाएको सिट संख्याअनुरुप समानुपातिक सांसदको सूची बुझाउनुपर्नेछ ।

निर्वाचन आयोगका अनुसार साझ विवेकशील, नेपाल मजदुर किसान पार्टी र संघीय समाजवादीले बिहीबार नै आयोगमा समानुपातिकको सूची बुझाइसकेका छन् भने प्रदेशसभामा समानुपातिकतर्फ पाएको ७५ सांसदको नामावली नेकपा एमालेले बिहीबार नै टुंगो लगाइसकेको जनाएको छ । उता, कांग्रेस र माओवादीले पनि नामावलीको टुंगो लगाउनका लागि आन्तरिक छलफल तथा अभ्यासमा लागीपरेका छन् ।