एउटै कम्युनिष्ट केन्द्र बनाउन राजमोका अध्यक्ष माओवादी केन्द्रमा

एउटै कम्युनिष्ट केन्द्र बनाउन राजमोका अध्यक्ष माओवादी केन्द्रमा


राष्ट्रिय जनमोर्चा मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण विष्ट र नेता भुवनप्रकाश विष्ट शुक्रबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुमलटारस्थित आफ्नै निवासमा उनिहरूलाई पार्टी प्रवेश गराउँदै वाम गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको युग शुरू भएको र सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताए ।

राससका अनुसार राजमो मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मणले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने उद्देश्यले आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।