जनताले मुलुक बनाउने अभिभारा वामगठबन्धनलाई दिएका छन् : ओली

जनताले मुलुक बनाउने अभिभारा वामगठबन्धनलाई दिएका छन् : ओली


प्रजातन्त्र स्थापना भएको २८ बर्षपछि र राननीतिक जीवनमा प्रवेश गरेको करिब ६ दशकपछि एमाले नेता वामदेव गौतमले देश कसरी बनाउनुपर्छ भन्ने बारेमा किताव लेखेका छन् । गौतमद्धारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तकको उपराष्ट्रपति नन्दकिशोर पुनले आज पुस १५ गते विमोचन गरे ।

सो अवसरमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संविधान लेखनको कार्य सकिएको र संविधानमा टेकेर तीनै चरणको निर्बाचन भइसकेकोले न्याङन्याङ गरेर मुलुक अघि बढ्न नसक्ने बताएका छन ।

एक अर्को प्रसंगमा बोल्दै अध्यक्ष ओलीले वाम गठबन्धनलाई टुटाउने खेल सफल हुन नदिने प्रष्ट पारेका छन् । नेपाली कांग्रेसप्रति लक्षित गर्दै उहाँले वामगठबन्धनलाई जनताले मुलुकको समृद्धिको लागि अभिभारा र हैसियत दिएको भन्दै आफूहरु नेपाल निर्माणको दिशातर्फ लाग्ने उद्घोष गरेका छन् ।

यता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि बाम गठबन्धन तोड्ने प्रयास भएको आरोप लगएका छन् । तर, उनले कसलै चाहदैमा वाम गठबन्धन तोडिने अवस्था नरहेको धारणा राखे । निर्वाचनमार्फत पार्टी एकताका लागि जनताले म्यान्डेट दिएको भन्दै अध्यक्ष दाहालले कुनै पनि हालतमा पार्टी एकता नरोकिने दावी गरे ।

कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भने अबको एजेण्डा सुशासन र विकास रहेको धारणा राखे ।