नयाँ नेपालको नेतृत्व निजी क्षेत्रले गर्ने

नयाँ नेपालको नेतृत्व निजी क्षेत्रले गर्ने


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले समृद्ध नेपालको नेतृत्व अब निजी क्षेत्रले गर्ने बताएकी छिन् । हेटौँडामा आयोजित मकवानपुर उद्योग वाणिज्य संघको ५१औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष राणाले नेपाल नयाँ युगमा प्रवेश गरेको भन्दै नयाँ नेपालमा हुने आर्थिक समृद्धिको नेतृत्व लिन उद्योगी व्यवसायी तयार हुनुपर्ने जिकीर गरिन् ।

मकवानपुरको विकासको मूल प्रवाह निर्माणाधीन द्रुतमार्ग तथा निजगढ विमानस्थल रहेको भन्दै उनले मकवानपुरमा पर्यटन विकासको निकै सम्भावना भएको जिल्ला रहेको दाबी पनि गरिन् ।

उक्त अवसरमा नवनिर्वाचित सांसदहरू कृष्णप्रसाद दाहाल, विरोध खतिवडा, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललगायतले पनि मन्तव्य दिएका थिए ।