खुमलटारमा प्रचण्ड-बाबुरामबीच भेटवार्ता

खुमलटारमा प्रचण्ड-बाबुरामबीच भेटवार्ता


नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्ड र नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईबीच आइतबार भेटवार्ता भएको छ ।

ललिलपुरको खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटमा नयाँ शक्तिकी नेत्रि हिसिला यमि पनि सहभागी थिइन् ।

भेटमा आर्थिक विकास र सुशासनका विषमा कुराकानी भएको बताइएको छ । चुनावअघि वाम गठबन्धनमा आवद्ध भएर पनि बाहिरिएका भट्टराईको प्रचण्डसंगको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

नयाँ सरकारमा बाबुरामलाई पनि सहभागी गराउने हल्लालाई आजको प्रचण्डसंगको भेटले थप रहस्यमय बनाइदिएको छ ।