नेपालको पर्यटन विकासमा सबैको साथ र सहयोग अपरिहार्य: जोशी

नेपालको पर्यटन विकासमा सबैको साथ र सहयोग अपरिहार्य: जोशी


नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले सबैको सहयोगमा पर्यटन बोर्डले सोचे अनुरुपको सफलता हात पारेको बताएका छन् । बोर्डको १९ औं बार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशक जोशीले मुलुकको विकास पर्यटनबाट गर्न सकिने भन्दै यस्तो बताएका हुन् ।

अन्य मुलुकको तुलानामा नेपाल आउने पर्यटकहरु सस्तो भएको भन्ने गुनासो आएपनि निर्देशक जोशीले त्यो भ्रम मात्रै भएको स्पष्ट पारेका छन् । उनले अन्य मुलुकको तुलनामा नेपाल निकै सस्तो भएको समेत प्रष्ट पारे ।

विगतका ३ बर्षमा नेपालमा हुदहुद, भूकम्पजस्ता प्राकृतिक प्रकोप र नाकाबन्दीका कारण पर्यटकहरुको आगमनमा गिरावाट आएको उनको भनाई थियो । पछिल्लो समय नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भइरहेकोले नेपालले पर्यटन क्षेत्रमा लिएको लक्ष्य पुरा हुने विश्वास समेत गरिएको छ । सो अवसरमा नेपाल पर्यटन बोर्डले ‘एक्सपिरियन्स नेपाल’ अभियान समेत शुरु गरेको छ । कार्यक्रममा विभिन्न जिल्लामा भएका कला संस्कृतिका झलक प्रस्तुत गर्नुका साथै लोपोन्मुख गीत समेत प्रस्तुत गरिएको थियो ।

सो अवसरमा बक्ताहरुले नेपालको पर्यटन विकासमा सबैको साथ र सहयोग अपरिहार्य भएको धारणा राखेका छन् ।