मन्त्री दिलनाथ गिरी पदबाट बर्खास्त, उनको जिम्मा कमल थापाले सम्हाले

मन्त्री दिलनाथ गिरी पदबाट बर्खास्त, उनको जिम्मा कमल थापाले सम्हाले


सहरी विकास मन्त्री दिलनाथ गिरीलाई पदबाट बर्खास्त गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा अध्यक्ष कमल थापाको सिफरीसमा गिरीलाई बर्खास्त गरेका हुन् ।

थापाले गिरीलाई हटाउन गएको शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र बुझाएका थिए । मन्त्रिपरिषद् कार्यालयका अनुसार गिरीले समाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी थापाकै आग्रहमा उनलाई नै दिइएको छ ।

गएको बिहिवार बसेको मन्त्रिपरिषद् बैठकमा गिरीले सहरी विकासमा विद्यावारिधि गरेका जल तथा उर्जा आयोगका सचिव डा. रमेशप्रसाद सिंहलाई सरुवा गरेर सहरी विकास मन्त्रालयमा ल्याउने प्रस्ताव गरेपछि थापासँग विवाद भएको बुझिन्छ ।