बागलुङ महोत्सवलाई आइएमई ग्रुपका अध्यक्षद्वारा सम्बोधन

बागलुङ महोत्सवलाई आइएमई ग्रुपका अध्यक्षद्वारा सम्बोधन


आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ महोत्सव–२०७४ लाई सम्बोधन गरेका छन । ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्घन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला तथा बागलुङ महोत्सवलाई आइएमई ग्रुपले सह–प्रायोजन समेत गरेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष ढकालले बागलुङमा धेरै पहिलादेखि नै रेमिटेन्स भित्रिँंदै आएको र त्यहि रेमिटेन्सले आम बागलुङ्वासीको क्रयशक्ति पनि बढाएको प्रसङ्ग उल्लेख गरेका थिए । यसरी प्राप्त हुँदै आएको रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न हामी सबैको प्रयास आवश्यक पर्ने भन्दै सबै चरणका निर्वाचन पनि सम्पन्न भइसकेको र नेपालको सबै राजनीतिक नेतृत्व पनि आर्थिक विकासका मुद्दामा केन्द्रीत रहेकाले अब मुलुकको आर्थिक विकासले गति लिने अपेक्षा अध्यक्ष ढकालले गरे । पर्यटन, लघुजलविद्युत र कृषि जस्ता क्षेत्रमा बागलुङको अत्यन्तै सम्भावना भएकाले आफु र आफु सम्बद्ध संस्थाहरू बागलुङको आर्थिक विकासमा सबैसँग सहकार्य गरी अगाडी बढ्न तयार रहेको जानकारी उनले दिए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले उद्घाटन गरेकोे उक्त महोत्सवको उद्घाटन सत्रलाई सांसदहरू देवेन्द्र पौडेल, डा. सूर्य पाठक लागायत स्थानीय उद्योगी ब्यवसायी र राजनीतिक दलका प्रतिनिधिहरुले सम्बोधन गर्नुभएको थियो ।

वि.सं. २०६४ मा स्थापित व्यवसायिक संस्था आइएमई ग्रुपले रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, इन्स्युरेन्स, पर्यटन, जलविधुत, अटोमोबाइल, सूचना–प्रविधि, ट्राभल्स एण्ड टुर्स र ब्यापारका अन्य क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ ।