तीनै तहको निर्बाचन सकिएलगत्तै यतिबेला जनताको ध्यान प्रदेश राजधानीतर्फ केन्द्रित हुन थालेको छ । उनिहरु राजधानीको माग गर्दै आन्दोलन र धर्नामा केन्द्रित हुन थालेका छन् ।
सोमबार धनकुटालाई प्रदेश नम्बर १ राजधानी बनाउन माग गर्दै धनकुटावासीले राजधानीमा धर्ना कार्यक्रम गरेका छन । धनकुटा नै प्रदेश नम्बर १ को राजधानी बनाउन योग्य भएकोले यसलाई नै राजधानी बनाउनुपर्ने उनीहरुको भनाई छ ।
पुर्वाधार, सामथ्र्य, सुरक्षा र सुन्दरताको खानी, धनकुटा प्रदेश नम्बर १ को राजधानी भन्ने मुल नाराका साथ धनकुटा प्रादेशिक राजधानी अभियान समितिको संयोजकत्वमा राजधानी काठमाडौमा धर्ना कार्यक्रम गरेका छन । धनकुटालाई नै प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्ने उनीहरुको माग रहेको छ । सम्पूर्ण तबरले धनकुटा नै प्रदेश नम्बर १ को राजधानीको लागि योग्य भएको समेत उनीहरुले दाबी गरेका छन् ।
धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउनु भनेको समग्र प्रदेशको विकासको लागि निकै उत्तम भएको भन्दै शासक तथा प्रशासकहरुलाई उनीहरुको मागलाई सम्बोधन गर्न समेत उनीहरुले आग्रह गरेका छन ।
प्रतिक्रिया