अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा कोशी टप्पु वन्यजन्तु आरक्षमा पाँचसय बढी आन्तरिक तथा बाह्य पर्यटक आएका छन् ।
१ नं प्रदेशको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पुमा अंग्रेजी नयाँ वर्षको अवसरमा ५०० भन्दा बढी पर्यटक आएको आरक्षका प्रशासन प्रमुख नवीन अधिकारीले बताए ।
आरक्षमा पिकनिक मनाउन र अवलोकन गर्नका लागि सो संख्यामा पर्यटक आएका हुन् । आरक्षमा अन्य बेलामा दैनिकरुपमा १०० देखि २०० सम्म दैनिक पर्यटक आउने गरेकामा नयाँ वर्षको अवसरमा ५०० भन्दा बढी पर्यटक आएको आरक्षका नायब सुब्बा सुरेन्द्र खड्काले बताए ।
राससका अनुसार आरक्ष परिसरमा रहेको कृत्रिम अर्ना (मूर्ति) तथा आरक्षको संग्रहालयमा रहेको अर्नाको सिंग अवलोकन गर्न, विभिन्न किसिमका चराचुरुंगी अवलोकन गर्न तथा मनोरञ्जनका लागि बढी मात्रामा नेपाली तथा भारतीय पर्यटक आएको आरक्षले जनाएको छ ।
आरक्षमा आएका पर्यटकलाई लाग्ने प्रवेश शुल्क लिएर प्रवेश अनुमति दिएको आरक्षले जनाएको छ ।
प्रतिक्रिया