नयाँ शक्तिको बैठक ल्वाङ होमस्टेमा सुरु भएको छ । चुनावी परिणाम र पार्टीको भावी रणनीतिबारे समीक्षा गर्न नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समीक्षा बैठक आजदेखि सुरु भएको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा सुरु बैठक तीन दिनसम्म चल्नेछ ।
पार्टीले लिएको नीति, हालसम्मको यात्रा, भावी रणनीतिलगायत विषयमा बैठकमा गम्भीर छलफल हुने उक्त पार्टीले जनाएको छ।
नयाँ शक्ति पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले स्थानीय तहदेखि भर्खर सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पार्टीले व्यहोरेको हार र पार्टीले अब लिनुपर्ने रणनीतिका विषयमा छलफल हुने बताए।
प्रतिक्रिया