१० अर्ब बजारमा पठाउने राष्ट्र बैंकको तयारी

१० अर्ब बजारमा पठाउने राष्ट्र बैंकको तयारी


नेपाल राष्ट्र बैंकले १० अर्ब बजारमा पठाउने तयारी गरेको छ । राष्ट्र बैंकले सोझै खरिद बोलकवोल मार्फत बुधबार बिकास ऋणपत्र खरिद गरी बजारमा लगानीयोग्य रकम पठाउन लागेको हो ।

बैंक तथा फाईनान्स कम्पनीहरुमा तरलता अभाव (लगानी योग्य रकमको अभाव) भएपछि राष्ट्र बैंकले यसअघि आफुुले बिक्री गरेको बिकास ऋणपत्र आफैले खरिद गरी बजारमा नगद रकम पठाउन लागेको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् ।

ऋणपत्र खरिदको लागि सो दिन अपरान्ह दुई बजेसम्म बोलकवोलको मिती तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार बिक्री गर्न चाहने काउन्टर पार्टीले बिक्री गर्न चाहेको बिकास ऋणपत्रको सिरिज नम्वर, परिमाण र कति मुल्यमा बिक्री गर्ने हो सो समेत उल्लेख गरी राष्ट्र बैंकमा आवेदन दिनुुपर्ने छ ।