अनेसासको माषिक भेलाको शुरुवात

अनेसासको माषिक भेलाको शुरुवात


लण्डन । अनेसास यूकेले डायस्पोराका साहित्य र साहित्यकारहरुलाई उजागर गर्दै लैजाने प्रतिबद्दताका साथ प्रत्येक महिनाको पहिलो शनिबार विभिन्न कार्यक्रमहरु गर्दै जाने निर्णय गरेअनुसार पहिलो साहित्यिक कार्यक्रम आउँदो मार्च महिनाको पहिलो शनिबार ५ तारिख तय भएको छ । प्रवासमा जीविकोपार्जन गर्ने क्रममा नेपाली मनहरुमा विविभ भावनाहरु खेलिरहेको हुन्छन् जसलाई निकास दिनको लागि सर्जकहरुले लेख्दछन् भने जसलाई सुन्न तदनुरुप अनुभव गर्न साहित्यानुरागीहरु हमेशा तत्पर हुन्छन् भन्ने विश्वास लिई अनेसास यूकेले हरेक महिनाको पहिकलो शनिबार इलिंगको इलिंग काउन्सिलनजिकैको थेम्स एकेडेमीमा साहित्यिक भेलाको शुरुवात गरेको छ । सोही भेलामा उपस्थित भई नेपाल, नेपालीत्व अनि नेपालीपनको महत्वलाई उच्च राख्न बेलायतवासी नेपालीहरु प्रतिवद्ध हुन्छन् भन्ने अनेसासको यूके च्याप्टरले विश्वास गरेको बताइएको छ । त्यसैले सबै साहित्यानुरागीहरुलाई उपस्थिति राख्नको लागि अनुरोध गरेकोलाई यसैमार्फत सार्वजनिक गरेको छ ।-रुपक, मेस