तपाईंको यो साता (राशिफल, पुस १९–२५, ०७४)

तपाईंको यो साता (राशिफल, पुस १९–२५, ०७४)


मेष
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । विद्युतीय क्षेत्रबाट सफलता हात पर्नेछ । सेयर कारोबारमा रुचि बढ्नेछ । साताको पहिलो दिनबाट आय आर्जनमा बाधा आउला । सहकर्मीबाट विरोध आउला । स्वास्थ्यमा समस्या आउला । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृष
पार्टी, पिकनिकमा सहभागी भइएला । लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन् । सजिलै अरूको विश्वास जित्न सकिनेछ । साताको अन्त्यबाट आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । चोटपटक लाग्न सक्नेछ । स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त मिल्नेछ ।

मिथुन
धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनुपर्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । मित्रबाट विशेष सहयोगको अवसर मिल्नेछ । आर्थिक क्षेत्र मजबुत देखिन्छ । शनिबारबाट आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ वैजनी वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा जानुअघि उन्मत्तभैरवको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

कर्कट
मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्नेछ । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्नेछ । साताको अन्त्यबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बिघ्नहर्ता गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

सिंह
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यबाट गरेका काममा ढिलासुस्ती हुनेछ । मनोरञ्जनमा धन खर्च हुनेछ । पारिवारिक समस्याले सताउनेछ । व्यापार–व्यवसायमा मन्दी आउला । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ घिउरङ वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

कन्या
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । साझेदारीमा गरेको कार्यबाट आर्थिक लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको स्मरण गरी यात्रा आरम्भ गर्दा अधिक सफलता हात पर्नेछ ।

तुला
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा शङ्का उत्पन्न हुनेछ । सामान हराउन सक्नेछ । मिहिनेतीहरूका लागि दिनहरू फलदायी नै रहनेछन् । बुधबारबाट आफ्नै क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महालक्ष्मीजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

वृश्चिक
आँटेकोे र ताकेको कार्य पूरा हँुदै जानेछन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनीतिक अधिकारमा सफलता पाइनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । साताको अन्त्यमाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

धनु

विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ सिन्दुरे वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि हनुमान्जीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर
आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को आराधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ
कुविचारमा मन जानेछ । मनमा द्विविधा उत्पन्न होला । शत्रु बढ्नुका साथै नजिको व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । साताको पहिलो दिनबाट सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको दर्शन गरे अधिक सफलता हात पर्नेछ ।

मीन
नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । रमणीय र सुखद यात्राको योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । व्यवसायमा औसत लाभ हुनुका साथै रोकिएको धन पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । साताको अन्त्यमा ठेक्कापट्टामा विवाद एवम् चिन्ता बढ्नेछ । अनावश्यक यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुअघि हनुमान्जीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।