ओबामाबाट समलिंगी विवाहलाई समर्थन

ओबामाबाट समलिंगी विवाहलाई समर्थन


लण्डन । बृहत कानूनी परिवर्तनको लक्ष्य राखेर अमेरिकी राष्ट्रपति बराक ओबामाले समलिंगी विवाहलाई समर्थन गर्ने संकेत दिएका छन् । राष्ट्रपति ओबामाले डिफेन्स अफ मेरिएज एक्टमार्फत समलिंगीहरुउपर बन्देज गरिएको वैवाहिक सरोकार राख्ने कानूनलाई संवैधानिक होइन भनेर निर्णय दिएका छन् । यस अर्थमा यदि यस्ता मुद्धाहरु लिएर आदलतमा वैधानिकताको बहसमा च्यालेन्ज गरे न्यायपालिकाले कानूनको औचित्यलाई बचाउन नसक्ने बताएका छन् ।
सन् १९७७ सालमा लागू गरिएको कानूनले कानूनी रुपमा विवाह सूत्रमा बाँधिएका समलिंगीहरु (गे)लाई विपरीत लिंगीहरुले विवाह गरेवापत पाउने सुविधाबाट वञ्चित गरेको छ । ओबामाको यो निर्णय विशेषगरि बढ्दो युवा भोटरहरु र नागरिकहरुको समलिंगी विवाहप्रतिको समर्थनलाई देखेर परिवर्तन गर्न लागेका हुन् । नेशनल गे एण्ड लेस्बियन टास्क फोर्सका कार्यकारी निर्देशक री कारीका अनुसार …. यो परिवर्तन मानवीय उठानका लागि चालिएको सराहनीय कदम हो भनेर उद्धृत गरेका छन् । तर, रिपब्लिकन पार्टीका हाउस अफ कमन्स्का स्पिकर जोहन् बोचनरले यस कदमलाई अलोचना गरेका छन् । उनले …. अहिले वाशिङटनले अमेरिकीहरुका लागि रोजगार र कटौतिहरुमाथि ध्यान दिएर यस्ता समस्याहरुको समाधान गर्नु पर्नेमा अहिले राष्ट्रपतिले ल्याउन खोज्ने परिवर्तन सही समय हो भनेर कसरी उनले सोचे, यस परिवर्तनबाट देश विभाजनको संधारमा पुग्ने छ र यसका लागि जवाफदेही राष्ट्रपति हुनेछ.. भनेर अलोचना गरेका छन् । यस निर्णयको विवरण दिँदा एटर्नी जनरल, एरिक होल्डरले …. १५वर्ष भित्रको दौरानमा जुन बेलादेखि कांग्रेसले डिफेन्स अफ मेरिएज एक्ट ल्यायो यसका बढीभन्दा बढी भाग परिवर्तन भइसकेका छन् …. भनेका थिए । अमेरिकाको सातवटा राज्यहरुमा समलिंगी विवाहलाई मान्यता दिएका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।