राष्ट्रपति विद्या भण्डारीबाट राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश जारी हुनुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ‘महान् विजय’ र ठूलो उपलब्धि ठान्नुभएको छ । देउवाको प्रसन्नता गतिरोध अन्त्य भएकोमा भन्दा पनि गत निर्वाचनमा पराजित आफ्ना खास मानिसलाई राष्ट्रिय सभा सदस्य बनाउन ढोका खुलेकोमा भएको बुझिन्छ ।
राष्ट्रपति विद्या भण्डारीबाट राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश जारी हुनुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ‘महान् विजय’ र ठूलो उपलब्धि ठान्नुभएको छ । सरकारले विधिवत् पठाएको अध्यादेश दुई महिनासम्म जारी नहुँदा राष्ट्रपतिसमेत विवादमा तानिनुभएको थियो भने यसले नयाँ सरकार निर्माण प्रक्रिया पनि अवरुद्ध तुल्याएको थियो । तर, देउवाको प्रसन्नता गतिरोध अन्त्य भएकोमा भन्दा पनि गत निर्वाचनमा पराजित आफ्ना खास मानिसलाई राष्ट्रिय सभा सदस्य बनाउन ढोका खुलेकोमा भएको बुझिन्छ ।
देउवा आफ्नी पत्नी आरजु र आफ्नो खास हितैषी रहेका विमलेन्द्र निधिलाई राष्ट्रिय सभा सदस्य बनाउन चाहनुहुन्छ । तर, पार्टीमा यसको व्यापक विरोध हुने स्थिति छ र सोही विरोधको सम्भावनालाई हेरेर देउवाले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पनि राष्ट्रिय सभा सदस्य बनाइदिने सोच बनाउनुभएको जानकारी प्राप्त भएको छ ।
पौडेल र सिटौलालाई राष्ट्रिय सभा सदस्य बनाइदिएपछि अरूहरूको विरोधको अर्थ नरहने विश्वास देउवामा रहेको बताइन्छ । तर, आरजु र विमलेन्द्रलाई ‘सांसद’ बनाउने कार्य देउवाका निम्ति त्यति सजिलो हुने देखिँदैन । उहाँहरू दुईजनाप्रति पार्टी नेता र कार्यकर्ताहरूको ठूलो हिस्सा असन्तुष्ट रहेको छ ।
त्यसैले राणा र निधिलाई सदस्य बनाउन खोजिए देउवाले कठोर विरोधको सामना गर्नुपर्ने सम्भावना छ । तथापि देउवा भने कुनै ठूलो क्षति पुग्ने स्थिति नदेखिएमा आरजु र विमलेन्द्रलाई राष्ट्रिय सभा सदस्य बनाउन कटिबद्ध हुनुहुन्छ । उहाँहरूलाई सांसद बनाउन नसकिने स्थिति देखिएमा देउवाले पौडेल र सिटौलालाई पनि सांसद बन्न नदिने अनुमान काङ्ग्रेसभित्र गरिएको छ ।
प्रतिक्रिया